सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । बुधबारको तुलनामा छापावाल सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ तोकिएको छ । बुधबार भने सोही सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम थियो ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ७०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ६८५ रुपैयाँ तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार