काठमाडौं । दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी बनाउने उद्देश्यले आफ्ना लोकप्रिय मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन टीएम१मा विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको यो स्किमले दशैं–तिहारमा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई थप सजिलो, लाभदायक र रमाइलो बनाउने जनाएको छ।
फोटोन ईभी भ्यान स्किमअन्तर्गत गाडी बुक गर्ने ग्राहकले यामाहा बाइक, ५५ इन्च स्मार्ट टिभी, वाशिङ मेसिन र फ्रिज जस्ता आकर्षक उपहार जित्ने अवसर पाउनेछन्। साथै, प्रत्येक बुकिङमा सामसङ मोबाइल ए०७ (६ जीबी र्याम र १२८ जीबी रोम) निश्चित उपहारको रूपमा दिइनेछ। यस अफरमा १ वर्षको फुल इन्स्योरेन्स (अटो प्लस), क्यासलेस इन्स्योरेन्स, ५ पटकसम्म निःशुल्क सर्भिसिङ, फ्रन्ट ब्रेक प्याड सेट र पूरा आर्थिक वर्षको रोड ट्याक्स समेत समावेश गरिएको छ।
त्यस्तै, फोटोन टीएम१ दशैं स्किम मा गाडी विशेष मूल्य २६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। यो ६ लाख ७५ हजार रुपैयाँ छुट सहितको हो। टीएम१ खरिद गर्ने प्रत्येक ग्राहकलाई पनि निश्चित उपहार उपलब्ध गराइनेछ। यसमा पनि १ वर्षको सम्पूर्ण बीमा, क्यासलेस बीमा र आर्थिक वर्षको रोड ट्याक्स कम्पनीले नै व्यहोर्ने व्यवस्था गरिएको छ।
फोटोन नेपालका अनुसार, यी अफरमार्फत कम्पनीले ग्राहकहरूलाई केवल गाडी मात्र नभई भ्याल्यु, केयर र इको–फ्रेन्डली मोबिलिटी उपहार दिने प्रयास गरेको हो। ईभी भ्यान र टीएम१ दुवै कम्फर्ट, इफिसियन्सी र रिलायबिलिटीमा उत्कृष्ट रहेको कम्पनीको दाबी छ।
फोटोनले चाडपर्व विशेष स्किमहरूको अनुभव लिन सबैलाई नजिकको शोरुममा आउन र नयाँ फोटोन गाडी लिएर यस वर्षको दशैं–तिहारलाई अझै विशेष बनाउन आग्रह गरेको छ। थप जानकारीका लागि ९८०२३७५४२१ र ९८०२३४०६७१ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

