यस वर्ष सस्तियो भेडाच्याङग्राको मूल्य

म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु. पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैँया १०० सम्म घटेको हो । बेनीका भरत रकालले गत वर्ष रु. ४० हजार तिरेर भेडाच्याङग्रा किनेकोमा यसपाली रु. ३५ हजारमै पाइएको बताए ।

“तीन वर्षअघि रोज्जा च्याङग्राको मूल्य प्रतिगोटा रु. ५२ हजार र च्यालु (हिमाली भेडा)को मूल्य रु. ४०÷४२ हजार थियो,” उनले भने, “मूल्य सस्तीएपछि लेकाली भेडाच्याङग्राको मासुका परिकार खाएर दशै मनाउने मध्यम वर्गका उपभोत्ताको रहर पुरा गर्न सहज भएको छ ।”
नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले डोल्पा, मुगु, जुम्ला र तिब्बतीबाट पनि च्याङग्रा आउनु, मुस्ताङमा च्याङग्रापालन बढ्नु, ‘जेनजी पुस्ता’को आन्दोलनपछि देशको असहज परिस्थितिका कारण उपभोग घट्ने डरले मूल्य घटेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार