RE
Global College

रिलायन्स फाइनान्सको हकप्रद समेतले पाउने गरी लाभांश घोषणा


इक्विटी नेपाल – काठमाडौँ :
रिलाइन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनिलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका निम्ति शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश केहिसमय अघि बिक्री गरिएको ४५ प्रतिशत हकप्रद शेयरपछि कायम भएको चुक्ता पूँजी ७४ करोड ३२ लाख २८ हजार रुपैयाँमा वितरण गर्ने प्रस्ताब गरिएको जनाएको छ। 
उपरोक्त प्रस्तावित वाेनस अागामी साधारण सभाबाट पारित भएपछि शेयरधनिलाई वितरण गरिने जानकारी छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कामनाको १ करोड ७४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३७ पैसा रहेको छ ।
प्रकाशित मिति: २०७५ जेष्ठ ३१ गते 
NECO

Leave Your Comment

Related News