डुबान क्षेत्रमा सुरक्षाकर्मी सक्रिय

वीरगञ्ज । जिल्लाका प्राकृतिक प्रकोपजन्य स्थानमा सुरक्षाकर्मी सक्रियताका साथ उद्धार तथा राहतका काम गतिविधिमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उनीहरू कार्यक्षेत्रमा जुटेका हुन् । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आज भएको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका साथ नगर प्रहरी पनि परिचालन भएका छन् ।

सुरक्षाकर्मीले डुबानबाट प्रभावित भएका परिवारलाई विद्यालय, धर्मशालालगायत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा खानाको प्रबन्ध मिलाउने निर्णय गरेको छ । बैठकले सबै स्थानीय तह, उद्योग वाणिज्य सङ्घ, रेडक्रस, गैरसरकारी संस्था महासङ्घ, विकास साझेदारलाई सहयोग गर्न अनुरोध गरेको छ । यसैगरी, बैठकले विद्युत्, खानेपानी, स्वास्थ्य, दूरसञ्चारलगायत अत्यावश्यक सेवा प्रवाह गर्ने निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार