देशभरका नौ वटा राजमार्ग अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोले देशभरका नौ वटा राजमार्ग अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका विभिन्न स्थानका नौ वटा राजमार्ग अवरुद्ध रहेको र ती राजमार्ग खुलाउने काम भइरहेको बताए । प्रहरीका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ।

ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ६ तिनेपान र टिकाभैरव बीच पर्ने कान्तिलोकपथ पुर्ण रुपमा अवरोध रहेको छ । संखुवासभा भोटेखोला गाँउपालिका वडा नम्बर ४ वरुणखोलास्थित पर्ने कोशी राजमार्ग र मकालु गाँउपालिका वडा नम्बर ३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रुपमा अवारोध रहेको छ ।
इलाम नगरपालिका वडा नम्बर ९ राजदुवाली लगायतका स्थानका मेची राजमार्ग र भोजपुर टेम्केमैयुङ गाँउपालिका १ श्रीदलीस्थित मध्य पहाडी लोक मार्ग पूर्ण रुपमा अवरोध रहेको छ । त्यस्तै सिन्धुली सुनकोशी गाँउपालिका वडा नम्बर १ स्थित नेपालथोकस्थित बि.पि राजमार्ग पनि पूर्ण रुपमा अवरोध रहेको छ ।
त्यस्तै , धनकुटास्थित पाख्रीबास नगरपालिका ५ दिकुरेस्थित पर्ने कोशी राजमार्ग र धनकुटा साँगुरीगढि गाँउपालिका वडा नम्बर १ स्थित चनौटे, वडा ६ स्थित घण्टे र सिमसुवास्थित कोशी लोकर्माग एकतर्फी सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार