CLI

अख्तियारमा जेन-जीको प्रदर्शन, मागे प्रमुख आयुक्तको राजीनामा

काठमाडौं । जेन-जी युवाहरूले काठमाडौँको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको मुख्य कार्यालय अघि प्रदर्शन गरेका छन्।

मंगलबार आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै युवाहरू प्रदर्शन गरेका हुन्। युवाहरूको प्रदर्शनपछि कार्यालयअघि सुरक्षा व्यवस्था कडा गरिएको छ।

प्रदर्शनमा उत्रिएका युवाहरूले नैतिकताका आधारमा प्रमुख आयुक्त राईले राजीनामा दिनुपर्ने माग गरेका छन्।

यसैबीच राईको राजीनामा माग गर्दै युवाहरू अख्तियारको कार्यालयमा निवेदन दर्ता गराएका छन्। पत्रमा राईसँगै अन्य आयुक्तहरूको पनि राजीनामा माग गरेका छन्।

संसदीय सुनाइबिनानै आयुक्तहरू नियुक्त भएको, प्रमुख आयुक्त वाइड बडी घोडलामा मुछिएकोलगायत कारण देखाउँदै पत्रमा राजीनामा माग गरिएको छ।

Leave Your Comment

Related News