काठमाडौं । मिड सोलु आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ । गएको असोज २० गते बिहान ८ः२५ बजेबाट प्लान्ट पूर्ण रुपमा बन्द गरिएको कम्पनीले जनाएको छ । असोज १८ र १९ गतेको भएको वर्षाको कारणले आयोजना रहेको सोलु खोलाको सतहदेखि पहिरो गएको र सो सोलु खोलाको करिव १२० मिटर माथि हेडरेस पाइपको माथिल्लो भाग सल्लेरी सडक देखिनै विस्तारै धस्तै गएको कारणले हेडरेस पाइप वेण्ड भएको र एन्कर ब्लकमा समेत क्षति हुने अवस्था आएका कारण प्लान्ट बन्द गरिएको हो । कम्पनीले मर्मतको काम तीब्र गतिमा अगाडि बढाएको छ ।
मिड सोलु हाइड्रोपावरले सञ्चालन गरेको आयोजना पूर्ण रुपमा बन्द

