काठमाडौं । फेनपे पेमेण्ट सर्भिस लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित कात्तिक २४ गते साधारण सभा बोलाएको छ । सभा नक्साल, काठमाडौंमा साझ ५ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, गत वर्षको नाफाबाट १९ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव पनि पेश हुनेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।

