RE
Global College

श्री डिस्टिलरीको विशेष साधारणसभा बस्दै,आइपिओको प्रस्ताब पास गर्ने

काठमाडौं । श्री डिस्टिलरीले विशेष साधारणसभा आह्वान गरेको छ । साधारणसभाले आइपीओ ल्याउने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ। कम्पनीले विशेष साधारणसभा आउँदो असार ११ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो २ बजेबाट हुनेछ ।

सभाले सर्वसाधारणका लागि आइपीओ सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ । आइपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

प्रबन्धपत्र र नियमावलीको आवश्यक दफा तथा नियम संशोधन गर्ने र यसका लागि नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा वार्षिक संशोधन गर्न निर्देशन एवं सुझाव प्राप्त भएमो सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।

 

NECO

Leave Your Comment

Related News