काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिसेयर मूल्य ३९३.४० कायम गरिएको हो ।
समायोजन अघि कम्पनीको सेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो । समायोजन गरिएको मूल्यबाट बैंकको सेयर मूल्य आजदेखि कारोबारमा आउनेछ ।

