भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्स र एनएलजी इनस्योरेन्सको १करोड २५ लाख जम्मा

काठमाडौं । जेन जी आन्दोलनबाट क्षेति भएका भौतिक पुर्बाधार निर्माणको लागि नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड  र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले पच्चीस लाख मात्र रकम मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका छन्  ।

उक्त रकम आज एक समारोहका बीच कोषमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले  हस्तानतरण गरेका हुन् ।

यी बीमा कम्पनीले जम्म गरेको रकम सहित पुननिर्माण कोषमा ७ करोड ५१ लाख ६० हजार ४ सय ३९ रकम  संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार