पूर्वमन्त्री अफताब आलमको निधन

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

मिर्गौला फेल भएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेको उनको दुई सातादेखि अस्पतालमा भर्ना गरिएको थियो।

गत जेठमा नक्खु कारागारबाट रिहा भएपछि उनलाई ब्रेन स्ट्रोक भएको थियो, जसका दीर्घकालीन असरका कारण मृत्यु भएको चिकित्सकहरूले बताएका छन्।

०६४ सालमा रौतहटको राजपुरमा बम विस्फोट र त्यसपछि भएका हत्याकाण्डमा दोषी ठहर भएका आलम उच्च अदालतको आदेशपछि थुनामुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार