CLI

सूर्यज्योति लाइफको दुई नयाँ शाखा विस्तार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढिमा आफ्नो शाखा विस्तार गरेको छ। कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्ये नजर गर्दै आम जनता माझ बीमाको सहज पहुँच पुगोस् भन्ने हेतुले उक्त शाखा विस्तार गरेको हो ।

यी दुई शाखाहरुको विधिवत समुद्घाटन कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत,फर्सुराम मरासिनीले गरेका हुन्। हाल सूर्यज्योतिले देशभरीका १७५ शाखाकार्यालय हरु मार्फत आफ्ना बिमितहरुलाई सेवा प्रदान गरिरहेको छ।

कम्पनीले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा दिँदै आईरहेको छ।

Leave Your Comment

Related News