CLI

इस्लामाबादमा आत्मघाती बम विस्फोट, १२ जनाको मृत्यु

काठमाडौं ।  नोभेम्बर ११ मा पाकिस्तानको राजधानी इस्लामाबादस्थित जिल्ला अदालत परिसर बाहिर भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु र २७ जना घाइते भएका छन्।

पाकिस्तानी अधिकारीका अनुसार आक्रमणकारीले अदालतभित्र पस्ने प्रयास गरेको तर सुरक्षाकर्मीहरूले रोक्दा प्रहरीको गाडी नजिकै विस्फोट गराएको बताइएको छ। विस्फोटको शक्तिले वरपरका सवारीसाधन र भवनहरूमा क्षति पुर्‍याएको छ।

घटनापछि सुरक्षाकर्मीहरूले परिसरलाई घेराबन्दी गरी अनुसन्धान थालेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। गृहमन्त्रीले यो घटना आतंकवादी गतिविधिसँग सम्बन्धित हुन सक्ने भन्दै कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

स्रोत

 

Leave Your Comment

Related News