CLI

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँ थियो ।

यसदिन चाँदिको मूल्य प्रतितोला ६० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News