एनपीएल सिजन-२ मा ३५ करोड बढी रकम उठ्ने अनुमान

काठमाडौं । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा ३५ करोड बढी रकम उठ्ने अनुमान गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सिजन-२ मा स्पोन्सर, टिम, टिकटहरुबाट कुल ३५ करोड बढी उठ्ने अनुमान गरेको हो । स्पोन्सरबाट १५ करोड ३० लाख र ८ टीमबाट ९ करोड क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

टिकटबाट ८ देखि १२ करोड उठ्ने खड्काले बताए । ओटीटीबाट ५ करोड ३० लाख कटाएर बाकी रकमको ७१ प्रतिशत क्यानले पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार