शिवम् सिमेन्टको नाफा साढे १६ गुणाले बढ्यो

काठमाडौं ।  शिवम् सिमेन्टको नाफा १६.५० गुणले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ९६ लाख नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख नाफा कमाएको थियो ।

बिक्री आम्दानी बढेकोले कम्पनीको नाफा बढेको हो । कम्पनीको गत आवको पहिलो त्रैमासमा बिक्री आम्दानी १ अर्ब ४० करोड रहेकोमा चालु आवको पहिलो त्रैमासमा बिक्री आम्दानी १ अर्ब ५३ करोड रहेको छ ।
कम्पनीको बिक्री भने घटेको छ । कम्पनीको गत आवमा १ अर्ब ३० करोड बिक्री रहेकोमा चालु आवको पहिलो त्रैमासमा १ अर्ब २० करोड रहेको छ ।
बैंकको ब्याज घट्दा पनि कम्पनीको वित्तीय खर्च भने बढेको छ । गत आवमा कम्पनीको वित्तीय खर्च २७ लाख ६२ हजार रहेकोमा चालु आवको पहिलो त्रैमासमा ३२ लाख १२ हजार रहेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५.३७ रुपैयाँ रहेको छ । ५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २३६.७८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार