काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.४४ अंकले घटेर ४३९.४४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५६ अंकले घटेको हो ।
आइतबार ३३७ वटा कम्पनीको ४७ हजार १७६ पटक धितोपत्र कारोबार हुँदा ७९ लाख ५७ हजार ५६ कित्ता शेयर खरीद बिक्री भएको छ । करोबार रकम भने ३ अर्ब ८९ करोड ३९ लाख पुगेको छ । जुन बिहीबारको तुलनामा ३९ करोड ४१ लाखले बढी हो ।
बिहीबार ३२९ वटा कम्पनीको ७६ लाख ५ हजार कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ४९ करोड ९८ लाख पुगेको थियो ।
आइतबार ७४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।
यस दिन सबै ३ वटा समूह बढ्दा १० वटा समूह घटेको छ । होटल र पर्यटन १२, उत्पादन र प्रशोधन २ र अन्य समूह १७ अंकले बढेको हो । बैंकिङ ४, विकास बैंक २८, वित्त २०, जलविद्युत १६, लगानी ०.३५, जीवन बीमा १४, लघुवित्त १८, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा ५२ र व्यापार ४ अंकले घटेको हो ।
यस दिन सर्वाधिक कारोबार हुनेमा सिद्धार्थ बैंक डिबेन्चर रहेको छ । सिद्धार्थ बैंकको २८ करोड ९० लाख बराबर कारोबार भएको छ । त्यसपछि नेपाल रिइन्स्योरेन्स २१ करोड ३५ लाख, माउन्टेन इनर्जी २० करोड ८४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्टको १८ करोड २२ लाख र युनियन हाइड्रोपावरको १६ करोड ६२ लाख बराबर करोबार भएको छ ।

