काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ थियो ।
यसदिन , चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार १ सय ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतोतोला ३ हाजर १ सय ३५ रुपैयाँ थियो

