काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भएको हो । यो सँगै वेबसाइट खुल्न बन्द भएको छ ।
विभागमा महानिर्देशक नमराज घिमिरेका अनुसार करिब एक घण्टा अघिदेखि वेबसाइटमा समस्या देखिएको छ । अहिलेसम्म पनि समस्या समाधान भएको छैन ।
विभागले मतदाता नामावलीमा नाम दर्ता अनलाइनबाटै गर्न सक्नेगरी सिस्टम विकास गरेको जनाएको थियो ।

