काठमाडौं । सरकारले गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ । मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरिएको हो । सो क्रममा उनी भावुक बनेकी थिइन् ।
सो क्रममा मन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। अहिले रोजगारीको व्यवस्था गरेर केहि राहत प्रदान गर्ने सरकारको कोसिस रहेको भन्दै उनले सुजन मगियाले चाहेमा विश्वविद्यालयमा पढ्नका लागि आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाए।
राजाबादी आन्दोलनको समाचार संकलन गर्ने क्रममा सुरेश रजकको आगलागीका कारण मृत्यु भएको थियो। पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएको थियो ।

