सिमरामा जेन-जी युवा र एमाले समर्थकबीच झडप, कर्फ्यु आदेश जारी

तस्बिर : फेसबुक पेज युथ अफ विरगञ्जबाट

काठमाडौं । सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन-जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन् ।

एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता आउने भएपछि जेनजी युवाहरुले सिमरा एयरपोर्ट नजिक विरोध कार्यक्रम राखेका थिए । त्यसक्रममा युवासंघका कार्यकर्ताहरुले विरोध गरेपछि झडपको स्थिति बनेको थियो ।

त्यसपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम सम्बोधन गर्नका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत आउन लागेका हुन् ।

उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार