काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर ब्यबस्थापन गर्न सरकार र सरोकारवालको बिचको ११ बुँदे सहमति गरेर वार्ता सफल भएको छ । यो सँगै बन्चरे डाडामा फोहोर फाल्न स्तानियले गरेको अबरोध हटेको छ ।
बुधवार र बिहीबार स्थानीयवासी, ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका, काठमाडौं महानगरपालिका, सुरक्षा निकाय र मन्त्रालयका प्रतिनिधिबीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको हो । यस अघि बिहान भएको बार्ता बिना निश्कर्ष टुङ्गिएको थियो । पुन दिउँसो बसेको बार्ता सफल भएको हो । स्थानियको अबरिधको कारण काठमाणडौ उपत्याको फोहोर बिर्सजनमा समस्या देखिरहेको थियो । केही दिन अघिपनि स्थानियले फोहोर फाल्न अबरोध गरेपश्चात सरकारले १५ दिन भित्र माग पुरा गर्ने प्रतिवद्ता जारी गरेर खुलाईएकोमा पुन स्थानियले सरकारले प्रतिवद्ता पुरा नगरेको भनि अबरोध गरि फोहोर फान प्रतिबन्ध लगाएकजा थिए ।
बन्चरेडाँडामा फोहोर व्यवस्थापनका कारण वर्षौंदेखि स्वास्थ्य, वातावरण र दैनिक जीवनमा परेको प्रभावले स्थानीय आक्रोश बढिरहेको थियो । अवरोधका कारण काठमाडौँ उपत्यकामा फोहोरको थुप्रो जम्दै समस्या गम्भीर बन्दै गएपछि सरकारले उच्च प्राथमिकताका साथ छलफल थालेको थियो । वार्ताले ११ बुँदामा सहमति जुटाएपछि स्थानीयले अवरोध हटाउने सहमति जनाएका छन् ।
११ बुँदे सहमतिमा स्थानीय नागरिकलाई विगतमा फोहोर व्यवस्थापनका कारण परेको क्षतिबापत तत्काल निर्णय गरी क्षतिपूर्ति प्रदान गर्ने पर्यावरण प्रभाव मूल्यांकन प्रतिवेदन छिटो तयार गर्ने उद्देश्यले परामर्शदाता कम्पनी नियुक्त गरी आवश्यक कार्य प्रारम्भ गर्ने तथा आगामी आर्थिक वर्षदेखि यसका लागि छुट्टै बजेट विनियोजन गरिने सहमति भएको छ ।
यस्तै २०७८–८० को वर्षामा घर–टहराको क्षति र बाली नष्ट भएकालाई विस्तृत विवरणसहित नजिकैको मापदण्डका आधारमा मूल्यांकन गरी राहत वितरण गर्ने, फोहोर ढल्किएर पोखरी खुलेका स्थानमा जनस्वास्थ्य जोखिम बढेको भन्दै १५ दिनभित्र टोल–टोलमा फिन्स वितरण, रोग नियन्त्रण, लिचेट रोकथाम र कानुनी प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
यस्तै प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने, काठमाडौँ महानगरपालिकाबाट १ महिनाभित्र औषधि उपचार, प्राथमिक उपचार सामग्री र चिकित्सक सुविधा उपलब्ध गराइनेछ, विद्यालय र शिक्षण संस्थाको भौतिक संरचना निर्माणलाई प्राथमिकता दिने सहमति भएको छ ।
यस्तै फोहोर व्यवस्थापनले प्रभावित नगरपालिकामा रोजगारी सृजना गरिने, रोजगार अवसर विस्तारका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरिने सहमति भएको छ भने काठमाडौं महानगरपालिकाले २ वटा पालिकालाई उपलब्ध गराउँदै आएको ३–३ करोड थप गरी ६–६ करोड उपलब्ध गराउने तथा आगामी आर्थिक वर्षदेखि स्थायी ढाँचामा बजेट अभिवृद्धि गर्ने सहमति भएको छ ।
यस्तै सडक जीर्ण भएर दुर्घटना तथा मृत्युदर बढेको भन्दै तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाउने, स्थानीय अवरोधका कारण फोहोर थुनिएको अवस्थालाई हटाउन तत्काल कदम चालिने, खेलकुद, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायतका दीर्घकालीन आवश्यकता पहिचान गरी ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाबाट प्रतिनिधि समावेश गरी कार्यदल गठन गरिने, फोहोर साइटमा आवश्यक पर्ने सडक निर्माणका लागि तत्काल बजेट व्यवस्थाको प्रक्रिया अघि बढाइने सहमति भएको छ ।

