काठमाडौं । नेकपा एमालेले आयोजना गरेको वृहत् जनसभा सुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा एमालेले आज ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरेको हो ।
जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो ।
एमाले बागमती प्रदेश कमिटीको अगुवाइमा प्रतिनिधिसभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि भन्दै जनप्रदर्शन जनसभाको आयोजना गरिएको हो ।
राजधानीको भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुगेको हो । भृकुटीमण्डपमा हुने सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


