भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख रुपैयाँ जम्मा

काठमाडौं । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जन सहभागिताको उत्साहजनक योगदान भइरहेको छ । आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १ करोड १ लाख बराबर रकम कोषमा जम्मा गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे । यसैगरी, एफवान सफ्ट ग्रुप अन्तर्गत एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारीहरूको संयुक्त योगदानको रूपमा ७५ लाख रुपैयाँ बराबरको चेक पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो। सो चेक ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले मङ्सिर ३ गते अर्थमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

अर्थमन्त्री खनालले दुवै कम्पनीलाई भौतिक पूर्वाधार पुनर्निर्माणमा योगदान दिएकोमा विशेष धन्यवाद ज्ञापन गरेका छन्। अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार आइतबारसम्म उक्त कोषमा जम्मा रकम ९ करोड ३० लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार