काठमाडौं । जेनजी नेता रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गर्न र उनले परिवारका सदस्य तथा नातेदारहरुलाई दिलाएको नियुक्ति खारेज गर्न माग गरेकी छन् । उनले प्रधानमन्त्रीका स्वकिय सचिवले प्रधामन्त्रीको सचिवालयमा उनका प्रमुख स्वकित सचिवले आफ्नी श्रीमति र उनका आप्नतलाई नियुक्त गरेको समाचार बाहिरियसँगै यस्तो बताएकि हुन् । उनले भनेकी छन्
“जेनजी विद्रोह रकमको भ्रष्टाचार बिरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावाद बिरूद्ध पनि थियो । भाद्र २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौं।तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोह कै बलमा जागिर लगाउने काम गरेका छन, त्यो सरासर गलत भएको छ”।
संवेदनशील समयमा देशलाई लोकतान्त्रिक निकास दिनको लागि बनेको नागरिक सरकार यतिखेर चौतर्फी आक्रमणको सामना गरिरहेको छ । यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाईदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ।
उनले थप स्पस्ट पार्दै भनेकी छन् भदौ २३ मा ‘पारदर्शिता र जवाफदेहिता’ हाम्रो मूल माग मध्यको एक थियो। नागरिक सरकार पारदर्शी बन्दै नागरिकप्रति जवाफदेही हुनैपर्छ। आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरि उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस।नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नुहुदैन।सरकार बेलैमा सचेत होओस्।
उनको नेतृत्वमा रहेको जेनजी फ्रन्टले बिज्ञप्ती जारी गरेर पनि प्रधानमत्रीका स्वकिय सचिवको बर्खास्ती र उनले सचिवालयमा नियुक्त गरेका श्रीमति सहित आफ्नतको नियुक्ति बदको माग गरेको छ । यो समाचार बाहिरियसँगै यो सरकार पनि पुरानै सरकार भन्दा फरक नभएको भन्दै चौतर्फि आलोचना भएको छ ।


