काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (बुधबार) दल दर्ता गर्ने अन्तिम दिन हो । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा सहभागिताका लागि आजसम्म दल दर्ताको समय तोकिएको छ । मंगलबारसम्म नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत ८० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
निर्वाचन आयोगका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका छन् ।

