काठमाडौं । पूर्व जनमुक्ति सेना नेपालले महोत्तरी बर्दिबासमा आफनो २५ औं स्थापना दिवस मनाएको छ । सेनाले सोमबार महोत्तरी बर्दिबासमा एक कार्यक्रम गर्दै आफनो स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा बलनारायाण श्रेष्ठको अध्यक्षता तथा प्रमुख अतिथि बिमशरिज कार्कीको उपस्थितिमा स्थपना दिवस मनाइएको हो । सो अवसरमा भूतपूर्व सेनाहरुले विगतका आफनो भोगाइ र वर्तमान राजनीतिको अवस्थाको बारेमा चर्चा गरेका थिए ।
स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा भूतपूर्व सेनाहरुहरुको साथै हाल तथा बाग्मती प्रदेश सचिवालय सदस्य प्रभात, पूर्व बिग्रेड सह कमाण्डर शम्भु देवकोटा (सरोज) , कृष्ण कटुवाल, डेगेन्द्र थापा लगायतका सदस्यहरुको सहभागीता रहेको थियो ।


