वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाईयो, साढे ९ हजार तोकियो 

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ ००  रुपैयाँ बनाएको छ । श्रमिकसँग स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५०० आजैदेखि अनिवार्य लिन भन्दै स्वास्थ्य व्यवसायीहरुले व्यवसायीहरुमा परिपत्र जारी गरिएको छ ।

पूर्व श्रममन्त्री शरद सिंह भण्डारीले वैदेशिक रोजगारमा जाने नेपालीहरुको स्वास्थ्य जाँच शुल्क परिमार्जन गर्दै एकै पटक तीन हजार शुल्कको वृद्धि गरेका थिए । त्यसैलाई हाल श्रममन्त्रीबिहिन भएको वर्तमान अवस्थामा श्रम मन्त्रालयको समेत मिलिमतोमा शुल्क वृद्धि गरिएको स्रोतले बताएको छ । यसरी शुल्क वृद्धि हुँदा बिदेसिने श्रमिक माथि थप आर्थिक भार थपिने भएको छ ।

पूर्वश्रम मन्त्री भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परिक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए ।

मंगलबार मेडिकल व्यवसायीहरुलाई सम्वोधन गरिएको परिपत्रमा भनिएको छ ‘व्यवसायीहरुले ‘वैदेशिक रोजगारमा जानेकामदार को स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धि कार्यविधि, २०७२ को छैटौं संशोधन २०८१’ लाई पूर्ण रुपमा कार्यान्वयन गरि मापंद पुरा गरेका स्वास्थ्य संस्थाहरुको सूचि समेत सार्वजनिक गरिसकेको हुँदा मापदण्डमा उल्लेख भएका ३४ प्रकारका परिक्षणहरु समेत गर्ने गरि नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मिति २०८२ मङ्सिर १० गतेदेखि स्वास्थ्य परिक्षण गर्नुहुन जानकारी गराउछौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार