CLI

बढ्यो नेप्से र कारोबार रकम

काठमाडौं । आज पनि नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ९.६१ अंकले बढेको हो । बजार २६६५.६० मा पुगेर बन्द भएको छ । यस दिन ३२२ वटा कम्पनी ९१ हजार ७ सय ५ पटकको कारोबार हुँदा १ करोड ३६ लाख २० हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँ पुगेको छ । यो रकम मंगलबारको तुलनामा ५३ लाख ९९ हजारले बढी हो । मंगलबार करोबार रकम ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँ थियो ।

८ वटा उपसमूह बढेका छन् र ५ वटा घटेका छन् ।बैंकिङ ०.६६ प्रतिशत, विकास बैंक ०.१२, होटल्स तथा पर्यटन समूह ०.९९, जलबद्युत ०.२८, उत्पादन र प्रशोधन ०.७४, लघुवित्त ०.७१ र अन्य समूह ०.४५ प्रतिशतले बढेका छन् । वित्त ०.१६ , लगानी ०.१७, जीवन बीमा ०.३२, म्युअुचल फण्ड ०.०४ र निर्जीवन बीमा ०.३३ प्रतिशतले घटेका छन्।

यस दिन झापा इनर्जी, सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक १० प्रतिशतले बढेका छन् । रिभर फल्स ९.६१ प्रतिशतले बढेको छ । त्यसै गरी रकमको आधरमा कारोबार यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट पहिलो  स्थानमा रहेको छ। यस कम्पनीको  ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Leave Your Comment

Related News