सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा अखिल क्रान्तिकारीका नेता ढुंगेल पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता पक्राउ परेका छन्।

नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति समेत रहेका अखिल क्रान्तिकारीका विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो।

भदौ २४ गते जेनजी आन्दोलनमा उनले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्दै गरेको भिडिओ सार्वजनिक भएको थियो।

अदालतमा कागजनी र तोडफोड गरेर क्षति पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन अदालतमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिइसकेको छ।

प्रहरीले यी र यस्तै घटनामा संलग्नलाई धमाधम पक्राउ गरिरहेको छ। काठमाडौँमा मात्रै पक्राउ पर्नेको संख्या २ सय नाघिसकेको छ। २०७९ चैतमा ढुंगेल नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार