एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ ?

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार एनआरएनको ४० प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो । बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ९३५.१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात सेयर भाउ १ हजार ३८२.२१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको २.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ६ सय १५.४० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर भाउ ६००.३९ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यलाई आधार मानेर यिनीहरुको बिहीबार सेयर कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार