काठमाडौं । सुपर मादी हाइड्रोपावरको लभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनाका लागि भोलिदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्ने छन् ।
सुपर मादी हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ४ गते, शुक्रबार, होटल इम्पेरियलमा साधारणसभा बोलाएको छ । कम्पनीको १६ औँ वार्षिक साधारण सभा बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ ।

