आरएसडिसी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले संस्थाक सेयर बिक्रीमा राखेको छ । कम्पनीले तीन जाना संस्थापक सेयरधनीको सेयर बिक्रीमा राखेको हो ।

जस अनुसार केशब प्रसाद भण्डारीको १० हजार ५९२ कित्ता, शालिकराम भण्डारीको १७ हजार ५८० कित्ता र कमला न्यौपानेको नाममा रहेको २० हजार ६३२ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्री राखिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थाप सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ । उक्त सेयरमा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवल १० रुपन्देहीमा आइपुग्ने गरि आवेदन दिनु पर्ने छ । उक्त समयमा संस्थापक सेयरधनीबाट आवेदन नआएको खण्डमा आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार