नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ ।

भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा आयोगले अधिकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

आयोगले अधिकारीका साथै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुुसार दुवै जनालाई म्याद थप गर्न विशेष अदालत लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार