CLI

मतदाताको उमेर अठार वर्ष पुग्ने मिति (Cut-off Date) निर्धारण र मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्‍चालन हुने 

काठमाडौं । संवत् २०८२ साल फागुन महिनाको २१ गते बिहीबारका दिन सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा संवत् २०८१ साल फागुन २१ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति (Cut-off Date) निर्धारण गरी मिति २०८१/०८/०५  सम्म देशभरबाट सङ्‍कलित मतदाताको विवरणलाई अद्यावधिक गर्ने गरी आयोगबाट मिति २०८२/०८/२० मा निर्णय भएको छ। 

मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत सङ्‍कलित मतदाताको विवरण आयोगको वेबसाईट www.election.gov.np मा प्रकाशन भएपछि मिति २०८२/०८/२६ सम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र नाम कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रममा उल्लिखित कार्यहरू गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ। यसरी प्राप्‍त निवेदन, सूचना बमोजिम मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ।

साथै मतदाताको सहजताका लागि तोकिएको मापदण्ड र प्रक्रिया बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिससमेतका आधारमा आयोगबाट केही मतदान स्थलहरू पुनरावलोकन गरिएको हुँदा आफूले मतदान गर्ने मतदान स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदान स्थलमध्ये आफूलाई पायक पर्ने मतदान स्थल छनोटका लागि अनलाइन (https://applyvr.election.gov.np) वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन गर्न सकिने छ। 

मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेकोले मिति २०८२/०८/२६ सम्म त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताको लागि आयोग हार्दिक अपिल गर्दछ। 

Leave Your Comment

Related News