काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये, नेपाल लाइफले ५ प्रतिशत बोनस सेयर र कर सहित १६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यता, आइजीआई प्रुडेन्सियलले भने ५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

