CLI

२ हजारले घट्यो सुनको भाउ, प्रतितोला कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी माहसंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय थियो ।

यस दिन चाँदी पनि घटेको छ । चाँदी ७५ रुपैयाँले घटेको छ । बजारमा चाँदी ४ हजार ५ रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News