CLI

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीः तालिम दिएर र सीपको विकास गराएर मात्र कामदार पठाउनु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले विदेशमा कामदार पठाउँदा तालिम दिएर र सीपको विकास गराएर मात्र पठाउन निर्देशन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको कार्यक्रममा बोल्दै उनले भने, ‘तालिममा सुधार गर्नु होस्, तालिम दिने निकाय प्राइभेटलाई नदिनुहोस्, सरकारीलाई दिनुहोस् । ठगीको केसहरु छन् ।  सीप र क्षमता विकास गरिदिनस् ।’

उनले वैदेशिक रोजगारीमा जाने कामदारहरुको मेडिकलको फि र  अरु प्रक्रिया बढेको विषयमा भने , ‘ स्वास्थ्य परीक्षण शुल्क चर्को भएको कुरा आएको छ, शुल्क वृद्धि खारेजको प्रक्रियामा जाँदैछौ । पहिला १५ हजार भनिएको थियो । घटाएर ९ हजार गरेको हो’। मन्त्रालयले केही समय अघि ६ हजार ५०० रहेको शुल्क बढाएर नौ हजार ५००  बनाएको थियो ।

उनले भने, रोजगारदाताले नै यस्तो विभिन्न माग राखेका हुन् । ३४ वटा थप माडिकल टेस्ट गर्नु पर्छ । उनले  सरकार र सरोकार नहुँदासम्म कार्यक्रमा, कार्ययोजना, गोस्टी, रोजगराको हक जे-जे राखेपनि त्यो केबल अक्षर मात्र हुने बताए ।

Leave Your Comment

Related News