काठमाडौं । पछिल्लो ५ महिनामा मोबाइलको आयात वृद्धि भएको छ ।१ महिनमा मात्र १ लाख २६ हजार ८५४ वटा मोबाइल आयात भएको छ । चालू आवको ५ महिनामा १९ अर्ब १३ करोड ६९ लाख ५३ हजार रुपैयाँको १० लाख ७० हजार ६८० वटा मोबाइल बिभिन देशहरु बाट आयात भएको छ ।१० लाख मोबाइलाको आयात हुँदा सरकारलाइ ३ अर्ब ५६ करोड ९७ लाख ७२ हजार रुपैयाँ राजस्व तिरेको छ ।
तथ्याङ्क अनुसार, पहिलो ५ महिनमा सबैभन्दा धेरै चीनबाट मोबाइल आयात भएको छ । चीनबाट ५ महिनामा १५ अर्ब ४ करोड ५९ लाख रुपैयाँको मोबाइल आयात भएको छ । सो देश बाट ९ लाख ५ हजार ७०७ वटा आयात भएको छ । सरकारलाई राजस्व भने २ अर्ब ८० करोड ५९ लाख तिरेको छ । दोस्रोमा भारतबाट १ लाख ६२ हाजर २४७ वटा आयात भएका छन् । सो मोबाइलको भनसार मूल्य ३ अर्ब ८७ करोड १९ लाख रुपैयाँ रहेको छ । सरकारलाई ७२ कारोड २१ लाख रुपेयाँ राजस्व तरेको छ ।
त्यसतै, संयुक्त राज्य अमेरिका बाट ४४४ वटा, संयुक्त अरब अमीरात बाट ५१२ , अष्ट्रेलिया बाट २७८ , जापान बाट ४१४ , कतार बाट ६०४, कोरीया बाट १६६, संयुक्त अधिराज्य बाट ७३ वटा मोबाइल आयात भएका हो ।


