बैंकिङ प्रणालीमा अधिक तरलता १० दिनको लागि २५ अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक  तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज पुष ९ गते  २५ अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले १० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार पुस ९ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।निक्षेप संकलनको लागि घटिमा १० करोड रुपैयाँ र बढिमा ५ करोड रुपैयाँ भाग गर्दा  निशेष भाग जाने गरी कुल आह्वान  रकम गर्न पाउने व्यवस्था गरिएको छ ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्यजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि पुष २५ गतेलाई तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार