काठमाडौं । नगरकोट रिसोर्ट र होटल सब्रिना लिमिटेडले आइपीओ बिक्रीका लागि अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नगरकोट रिसोर्टले १०० रुपैयाँ अंकित दरमा १५ लाख कित्ता सेयर बिक्रीका लागि अनुमति मागेको छ । यता, होटल सब्रिनाले पनि १०० रुपैयाँ अंकित मूल्यमा ४७ लाख ४ हजार कित्ता सेयर बिक्रीका लागि अनुमति मागेको हो ।
नगरकोट रिसोर्ट र होटल सब्रिनाले आइपीओ अनुमति माग्दै धितोपत्र बोर्डमा दिए आवेदन

