आज क्रिसमस–डे, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज इसाई धर्मावलम्बीहरूले क्रिसमस–डे पर्व मनाउदैछन् । आज यशु ख्रीष्ट जन्मेको दिनको रूपमा यो पर्व मनाउने गरिन्छ । इसाई धर्मावलम्बीहरूले आज गिर्जाघरमा गई प्रार्थना गर्दछन् भने सामूहिक रूपमा भोजको आयोजना गर्ने गर्दछन्। त्यसैगरी उपहारहरू साटासाट गर्ने चलन पनि रहीआएको छ ।

क्रिसमस–डे को अवसर पारेर आज देशैभरी सार्वजनिक बिदा रहेको छ। आज सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था लगायत नेप्से बन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार