काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ७ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाली सुनचाँदी माहसंघका आनुसार सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँ थियो ।
यस दिन चाँदी पनि ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिदबीक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

