CLI

तत्कालीन गृहमन्त्री लेखकको स्थानहद फुकुवा

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बिहीबार लेखकको स्थानहद फुकुवा गरेको हो ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।

बुधबार पुरक बयानलिएसँगै आयोगले उनीविरुद्धको स्थान हद फुकुवा गरेको हो । आयोगले बिहीबार गृहमन्त्रालयमार्फत स्थान हद फुकुवा गरेको जानकारी गराइसकेको छ ।

गत असोज १२ गते बसेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो ।

Leave Your Comment

Related News