विराटनगर । आगामी निर्वाचनमा उम्मेदवारको रुपमा झापा- ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको सवसम्मत रुपमा एक नाम सिफारिस भएको छ ।
शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा ओलीको एकल नाम सिफारिस भएको हो ।
सो क्षेत्रबाट उम्मेदवार बन्न अरु पनि आकाक्षी भएपनि अध्यक्ष ओलीका लागि सर्वसम्मत रुपमा सो क्षेत्र छाडिएको ओलीको सचिवालयले जनाएको छ ।
यस अघि २०७९ र २०७४को निर्वाचनमा ओली सो क्षेत्रबाट उम्मेदवार बन्दै विजयी भएका थिए । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ । ती क्षेत्रमा पनि उम्मेदवार सिफारिसका लागि आज बैठकको आयोजना गरिएको छ ।


