काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेका लागि सीपमूलक तालिम स्थगन गरिएको छ ।
वैदेशिक रोजगारीमा जान चाहने कामदारहरुका लागि ३९० घण्टाको सीपमूलक तालिम हाललाई स्थगन गरिएको हो ।
वैदेशिक रोजगार बोर्डले आइतबार एक सूचना जारी गर्दै हाललाई ३९० घण्टाको सीपमूलक तालिम कार्यक्रम प्रक्रियालाई स्थगन गरिएको जनाएको हो ।
बोर्डले ११ पुसमा सीपमूलक तालिम सञ्चालनका लागि प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरी तालिम अघि बढाउन चाहेको थियो । बोर्डले चालु आर्थिक वर्षको लागि सीपमुलक तालिम सञ्चालन कार्यक्रम स्वीकृृत गरेको छ ।


