काठमाडौं । बुधबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।
यस दिन चाँदी भने ५५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँ थियो ।


