CLI

ओलीले भने-रवि-बालेन समूहले आउने २० वर्षसम्म बहुमत ल्याउने गरी चुनाव जित्दैनन्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि-बालेन समूहले आउने २० वर्षसम्म बहुमत ल्याउने गरी चुनाव जित्न नसक्ने दाबी गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव भएमा एमालेले नै जित्ने जिकिर गरे। एमाले र नेपाली कांग्रेसले जित्ने देखिएमा चुनाव नराउने चर्चा भइरहेको जिकिर गरे।

‘म सुन्छु, एमाले कांग्रेसले चुनाव जित्ने भए चुनावै नगराउने अरे!’, अध्यक्ष ओलीले रवि-बालेनलाई इंगित गर्दै भने, ‘फलानाले जित्ने भने मात्रै गराउने अरे! ती फलाना फलानाले आउने २० वर्ष चुनाव जित्ने वाला छैन। अब के गर्ने, चुनाव नगराउने? अब २० वर्ष तिनले चुनाव जित्नेवाला छैनन्, यो भोँपु बजाउनु बेग्लै कुरा हो।’

उनले अझै चुनाव वातावरण नबनेको जिकिर गरे। चुनावको वातावरण भएमा एमाले सहभागी हुने उनको भनाइ थियो। ‘यदि चुनाव भयो भने सहभागी हुन्छौँ र जित्छौँ,’ ओलीले भने।

 

Leave Your Comment

Related News